विश्व वातावरण दिवसमा बीरगंजमा वृक्षारोपण

बीरगंज । विश्व वातावरण दिवसको उपलक्ष्यमा आज वीरगंजमा विभिन्न सामाजिक सङ्घ संस्थाहरूले वृक्षारोपण गरेका छन् ।
ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्श नगरद्वारा आज विश्व वातावरण दिवसको अवसरमा अक्सिजन प्रदान गर्ने बिरुवाहरू आदर्श नगर क्षेत्रमा रोपिएको ग्रिन सिटी सामुदायिक केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले बताउनुभयो ।
सो अवसरमा पिपल, निम प्रजातिका बिरुवाहरू रोपिएको थियो ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरे, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का , ट्राफिक प्रहरी प्रमुख सुमन कार्की लगायत ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
यसै गरी माउन्ट एभेरेष्ट कराँते क्लबले विश्व वातावरण दिवसको अवसरमा हाम्रो बीरगंज प्रकृतिले हराभरा सौन्दर्य बीरगंज नाराको साथ बीरगंजमा वृक्षारोपण गरेको छ ।

क्लबले बीरगंजको बाइपास ब्रम्हचोक देखि प्रतिमा चोक सम्म र गुरुकुल स्कुल देखि पूर्व बाईपास जाने बाटो सम्म अमला, गोल्ड मोहर, राजवृक्ष, निम लगायत विभिन्न प्रजातिका २०१ बिरुवा रोपिएको क्लबका उपाध्यक्ष सरोज यादवले बताउनुभयो ।
क्लबका अध्यक्ष रवि कुमारको अध्यक्षतामा सम्पन्न वृक्षारोपण कार्यक्रमको उद्घाटन नगरप्रमुख विजय सारावगीले गर्नु भएको थियो ।
त्यस्तै मानव अधिकार तथा शान्ति समाज पर्साले आज बीरगंजको त्रिजुद्ध मा.वि.मा वृक्षारोपण गरेको छ ।
वातावरण संरक्षण गर्ने उद्देश्यले समाजका सभापति प्रेम पटेलको सभापतित्वमा विभिन्न प्रजातिका सखुवा, सिसौ, अशोक, अमला, जामुन लगायतका दुई सय बिरुवा रोपिएको पटेलले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्