तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना विरुद्धको खोप स्पुतनिक–भी ब्राजिलमा पनि प्रयोग गर्न अनुमति

मस्को । कोरोना भाइरस विरुद्धको खोप स्पुतनिक–भी प्रयोग गर्न ब्राजिलमा पनि अनुमति दिइएको छ ।
ब्राजिलका उच्च सरकारी अधिकारीहरूले खोप प्रयोगका लागि अनुमति दिएको बताएसँगै यो खोप प्रयोग गर्न अनुमति दिने देशहरु्मध्ये ब्राजिल ६७ औँ क्रममा परेको छ ।
रुसमा विकास गरिएको स्पुतनीक भी खोप कोरोनाभाइरसका विरुद्धमा निकै प्रभावकारी रहेको रुसी स्वास्थ्य अधिकारीहरूले दाबी गर्दै आएका छन् ।
दक्षिण अमेरिकी मुलुकहरूमध्ये सबैभन्दा धेरै जनसङ्ख्या रहेको मुलुक ब्राजिलमा राष्ट्रिय स्वास्थ्य सेवा कार्यालयले सो खोपलाई प्रयोगका लागि अनुमति दिने निर्णय शुक्रवार गरेको हो ।
कोरोनाभाइरसको महामारी फैलिइरहेको र खोपको अभाव भइरहेका बेला रुसी खोपले अनुमति पाएपछि कोरोनाभाइरसको महामारी न्यूनीकरण पहिलाभन्दा प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
विश्वभरि कोरोनाभाइरसका विरुद्धमा लाभदायक हुने भन्दै झण्डै एक दर्जन खोप प्रयोगमा आएको छ । तर ती मध्ये स्पुतनिक भी दोस्रो धेरै प्रयोग गरिएको खोप मानिन्छ ।
स्पुतनिक भी का विकासकर्ताहरूले सो खोप ९७।६ प्रतिशत प्रभावकारी र सुरक्षित भएको दाबी गरेका छन् । उनीहरूले यो खोपको दीर्घकालीन नकारात्मक असर पनि नरहेको बताउने गरेका छन् । रासस÷एएनआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button