तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरको प्रादेशिक कोरोना विशेष अस्पतालमा बिरामीको सङ्ख्या ५० प्रतिशत घट्यो 

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधामको प्रादेशिक कोरोना विशेष अस्पतालमा उपचारका लागि आउने गम्भीर बिरामीको सङ्ख्यामा ५० प्रतिशतले कमी आएको छ ।
एक साता अगाडीदेखि नै अस्पतालमा आउने कोरोनाका बिरामीको सङ्ख्यामा कमी आउन थालेको कोरोना उपचारमा संलग्न रहेका डा. के डी दासले जानकारी दिनु भएको छ ।
अहिले ५० प्रतिशतले कोरोनाका बिरामीहरू घटेपछि चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पतालका व्यवस्थापकलाई पहिलाभन्दा थोरै सहज भएको छ ।
तर अस्पतालमा उपचारका लागि विभिन्न जिल्लाहरूबाट रेफर भएर आउनमा अहिले पनि  ९० प्रतिशतमा अक्सिजनको लेभल निक्कै कम हुने गरेको जानकारी डा. दासले गराउनुभयो ।
प्रादेशिक अस्पतालमा अहिले ३६ जना कोरोनाका बिरामीले उपचार गराइरहेका छन् ।
यस अघि अस्पतालमा एक दिनमा ८० जनासम्म बिरामी भर्नामा रहने गरेका थिए ।
कोरोनाका संक्रमण दर विभिन्न जिल्लाहरूमा घटेका कारणले प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा बिरामी घटेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button