पाल्पा अस्पताल र तानसेन नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

पाल्पा । पाल्पा अस्पताल र तानसेन नगरपालिकालाई सार्थक नेपाल र परियार परियार समाज गुठी पाल्पाले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
शनिबार दुई छुट्टाछुट्टै कार्यक्रमका बीच पाल्पा अस्पताल र तानसेन नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
पाल्पा अस्पताल र तानसेन नगरपालिकालाई समान १५ सेट पिपिई, ३ जर्किन सेनेटाईजर,१० पाकेट मास्क र एक वटा अक्सिमिटर प्रदान गरिएको परियार समाज गुठी तानसेनका अध्यक्ष तीर्थप्रसाद गौतमले जानकारी दिनुभयो ।
अध्यक्ष गौतमले सार्थक नेपालसँगको समन्वयमा जुटेको सहयोगले सामग्री दिन पाउँदा खुसी लागेको बताउनुभयो ।
सार्थक नेपाल र परियार परियार समाज गुठी पाल्पाको सहकार्यमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
स्वास्थ्य सामग्री बुझ्दै पाल्पा अस्पतालका अध्यक्ष नेत्र प्रसाद पाण्डेले मानव प्राणसँग जोडिएका सामग्रीले ठुलो महत्त्व राख्ने बताउनुभयो ।
उहाँले पाल्पा अस्पतालको अक्सिजन प्लान्टको काम सुरु भइसकेको जानकारी दिनुभयो ।
जिल्ला भरिलाई पुग्ने अक्सिजन अब पाल्पा अस्पतालले उत्पादन गर्ने उहाँले बताउनुभयो ।
अध्यक्ष पाण्डेले सार्थक नेपाल र परियार परियार समाज गुठी पाल्पाले उपलब्ध गराएका सामग्रीको लागि धन्यवाद व्यक्त गर्नुभयो ।
सार्थक नेपाल र परियार समाज गुठीले १८ गरिब तथा विपन्न परिवारलाई राहत वितरण गर्न लागेको समाजले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्