तपाईँ सुन्दै हुनुहुन्छः

“श्रमको सम्मान राष्ट्रको अभियान” कार्यक्रम प्रसारण गर्न मन्त्रालय र रेडियो नेपालबीच सम्झौता

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र रेडियो नेपालबीच “श्रमको सम्मान राष्ट्रको अभियान” कार्यक्रमलाई प्रोत्साहित गर्ने, सूचना, सन्देश तथा कार्यक्रम प्रसारण गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता पत्रमा आज रेडियो नेपालका कार्यकारी निर्देशक वुद्धीबहादुर के.सी. र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव सुमन घिमिरेले हस्ताक्षर गर्नुभयो ।
त्यस अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक वुद्धीबहादुर के.सी. ले श्रमको सम्मान गर्ने परिपाटीको विकास गर्न तथा रोजगारीको सृजना गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमले गरेका सूचना जनता समक्ष पुर्‍याउन रेडियो नेपाल प्रभावकारी माध्यम हुने बताउनुभयो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव सुमन घिमिरेले श्रमको प्रकृतिको आधारमा श्रम तथा श्रमिकलाई हेर्ने दृष्टिकोण र गरिने व्यवहारमा परिवर्तन गरी सबै श्रमिकलाई सम्मानजनक व्यवहार गर्ने संस्कृतिको विकास तथा रोजगारी सृजना सम्बन्धमा प्रधानमन्त्री रोजगार कार्यक्रमले गरेका गतिविधिको सूचना प्रवाह गर्न रेडियो नेपाल प्रभावकारी माध्यम हुने बताउनुभयो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उप–सचिव कमल ज्ञवालीले प्रधानमन्त्री रोजगार कार्यक्रमका बारेमा सूचना प्रवाह गर्नु रेडियो नेपाल प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
यसै गरी न्यायमा पहुँच अभिवृद्धि गर्न सहयोग पुर्‍याउन चेतनामूलक सन्देश तथा गीत प्रसारण गर्ने सम्बन्धमा रेडियो नेपाल र न्यायमा पहुँच अभिवृद्धि Access to Justic परियोजना बीच सम्झौता  भएको छ ।
सम्झौता पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक वुद्धीबहादुर के. सी. तथा Access to Justic  परियोजनाका राष्ट्रिय निर्देशक फणीन्द्र गौतम र परियोजना व्यवस्थापक वसन्त अधिकारीले हस्ताक्षर गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button