तपाईँ सुन्दै हुनुहुन्छः

इलाममा जेठ ३१ सम्म निषेधाज्ञा थप 

इलाम । जिल्ला प्रशासन कार्यालय इलामले जिल्लामा जारी निषेधाज्ञाको समयावधि  थप गरेको छ । प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काले आज आदेश जारी गर्दै आगामी जेठ ३१  गते मध्य रातीसम्म जिल्लाभर निषेधाज्ञा रहने जनाउनु भएको छ ।
प्रशासनले  पहिलो पटक वैशाख २८ गते निषेधाज्ञा जारी गरेको थियो । दोस्रो पटक जेठ २२ गते निषेधाज्ञा थप गरेको थियो । यस पटक जारी भएको निषेधाज्ञा अघिल्लोकै निरन्तरता भएकाले अति आवश्यक र स्वास्थ्य सेवाबाहेकका सेवाहरू बन्द रहने जनाइएको छ ।
खाद्यान्न, तरकारी र फलफूलको पसल तथा ढुवानी भने स्वास्थ्य मापदण्ड अपनाएर निश्चित समयसम्म खुल्ला रहने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button