तनहुँमा जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्बियो

तनहुँ । तनहुँमा जेठ मसान्तसम्म निषेधाज्ञा लम्बिएको छ ।
शुक्रवार जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति तनहुँको बैठकले जोखिम अझै नघटेको र समुदाय संक्रमण समेत बढेको भन्दै शनिवारसम्म तोकिएको निषेधाज्ञा लम्ब्याउन सिफारिस आएपछि प्रशासनले आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिनुभयो ।
यस अवधिमा ५ बजेदेखि ९ बजेसम्म मात्रै अत्यावश्यक सेवा सञ्चालनमा गर्ने र अत्यावश्यक सेवा सञ्चालन गरेकालाई अनिवार्य पिसीआर र एन्टीजेन परीक्षण गर्ने सिफारिस पनि बैठकले गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्