तपाईँ सुन्दै हुनुहुन्छः

सीमा क्षेत्रमा संयुक्तरुपमा जनचेतना जगाउँदै सुरक्षाकर्मी

बारा । नेपाल र भारतका सीमा क्षेत्रका सुरक्षाकर्मीहरुले संयुक्त रुपमा बाराका सीमा क्षेत्रका बासिन्दाहरूमा कोभिड–१९ का सम्बन्धमा जनचेतना जगाइरहेका छन् ।
नेपालको सशस्त्र प्रहरी र भारतीय एसएसबी कमाण्डको संयुक्त टोलीले कोभिडको बढ्दो संक्रमण न्यूनीकरण गर्ने उद्देश्यले सीमा नाकाका स्थानीयहरूमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी मास्कसमेत वितरण गरेका छन् ।
बाराको कबहिगोठ बिओपीको पिलर नम्बर ३७७ मा चन्द्रमान र सन्फुलवामा बिओपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक अम्रित दुलाल र भारतीय एसएसबी सहायक कमाण्डर असल श्रीवास्तवको नेतृत्वमा सो कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा दुवै देशका सीमा पिलर नजिकका स्थानीयहरूलाई सुरक्षाकर्मीहरुले मास्क वितरण गरी कोभिडबाट बच्ने उपायहरू अवलम्बन गर्न सुझाव दिएका थिए ।
सशस्त्र प्रहरी निरीक्षक दुलाल र एसएसबीका सहायक कमाण्डर श्रीवास्तवले दशगजा क्षेत्रका १०/१० गजभित्रको जमिनको सफाइ गरिदिन स्थानीयहरूसँग आग्रह गर्दै सूचना आदानप्रदान गर्न समेत आग्रह गर्नुभएको थियो ।
कोभिड महामारीले दुवै देशका विद्यायहरु बन्द रहेकाले बालबालिकाहरूको पठन पाठनमा समस्या उत्पन्न भएको सीमा क्षेत्रका बालबालिकालाई दुवै देशको जवानहरूले बिहान एक घण्टा अध्यापन गराउने निर्णय भएको १२ नम्बर गणका प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक सञ्जीव पाण्डेले बताउनुभयो ।
यसले दुबै देशको बालबालिकाहरूमा दुवै देशको नीति नियम रहनसहन तथा सांस्कृतिक समेत विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button