तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमणका कारण धादिङ जिल्ला अदालतका न्यायाधीश पौडेलको निधन

काठमाडौँ । कोरोना सङ्क्रमणका कारण धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ ।

स्टार अस्पताल ललितपुर, सानेपामा उपचारका क्रममा ५५ वर्षीय पौडेलको आज निधन भएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण देखिएपछि यही जेठ २ गते उपचारका लागि उहाँलाई अस्पताल लगिएको थियो । न्यायाधीश पौडेल २०७६ साउनदेखि जिल्ला अदालत धादिङका न्यायाधीशमा कार्यरत हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button