तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा धतुरोको सब्जी खाएर बिरामी भएका नेम्बाङको मृत्यु

धतुराेकाे फूल र फल ।
पाँचथर । एक साता अघि धतुरोको सब्जी खाएर बिरामी भएका  पाँचथर  फाल्गुनन्द गाउँपालिका वडा नं ४ चिलिङदेनका ६८ वर्षीय लक्ष्मी नेम्बाङको गएराती मृत्यु भएको छ ।
बारीमा पाइने धतुरो प्रजातिको झारपातको सब्जी बनाएर खादा उनी सहित   परिवारका सातै जना बिरामी भएका थिए । नेम्बाङको विराटनगरस्थित न्युरो हस्पिटलमा मृत्यु भएको उनका छोरा लोकेन्द्र नेम्बाङले बताउनु भएको छ ।  नेम्बाङका परिवारले  विषालु प्रजातिको उक्त वनस्पतिको सब्जी खाएपछि बरबराउने,वान्ता गर्ने जस्ता लक्षण देखिएको थियो ।
नेम्बाङको  झापा, धरानसहित विभिन्न  अस्पतालहरूमा उपचारको प्रयत्न भएतापनि  गएराती मृत्यु भएको हो । परिवारका अन्य सदस्यहरु  भने निको भइसकेका छन् । गत हप्ता शुक्रवार बिहान १० बजे बारीको झारपात सहितको धतुरोको सब्जी खाएपछि उनीहरू बेहोस हुने, बरबराउने,बान्ता गर्ने भए पछि उनहरूलाई उपचारमा पठाइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button