श्रीमती हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

सिन्धुपाल्चोक । आफ्नै श्रीमती हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ धौलेका ४५ वर्षीय दुर्गा बहादुर तामाङले ४० वर्षीया श्रीमती राममाया तामाङको हिंगुवाको लाठीले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धान बाट खुलेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिनुभयो ।
बिहान हत्या गरेर फरार भएको र घरमा लडिरहेको छिमेकीले देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तामाङलाई पक्राउ गरी अनुसन्धान जारी रहेको जनाएको छ । लास पोष्टमार्टमका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्