कैलालीमा निषेधाज्ञा अवधि जेठ ३१ गते सम्मका लागी थप

धनगढी । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागी कैलालीमा जारी निषेधाज्ञाको अवधि जेठ ३१ गते सम्मका लागी थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालद्वारा आज जारी आदेशमा निषेधाज्ञा अवधिलाई जेठ ३१ गते सम्म निरन्तरता दिइएको छ ।
निषेधाज्ञा अवधिमा सम्पूर्ण शैक्षिक संस्था तथा परीक्षाहरू सञ्चालन नगर्न र अत्यावश्यक निर्माण कार्य स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गरी सञ्चालन गर्न भनिएको छ । यसै गरी बिमा, बैङ्क तथा वित्तीय सेवाको हकमा बिहान ७ बजे देखि ११ बजेसम्म बढीमा ५० प्रतिशत मात्र कर्मचारी राखी स्वास्थ्य मापदण्डको पालनाका साथ सेवा प्रवाह गर्न सकिने छ, आदेशमा उल्लेख गरिएको छ ।
जनप्रतिनिधि, संवैधानिक निकायका पदाधिकारी, न्यायाधीश, सरकारी अधिकारीको हकमा परिचय-पत्रका आधारमा आवतजावत गर्ने व्यवस्था मिलाउन र तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्याँस पसलहरू, किराना पसल आइतबार, मङ्गलवार, बिहीबार, शनिबार बिहान ७ बजे देखि बिहान १० बजे सम्म खुला गर्न भनिएको छ ।
कोरोना संक्रमण दर उच्च रहेको कैलालीमा वैशाख १६ गते देखी निषेधाज्ञा जारी रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्