तपाईँ सुन्दै हुनुहुन्छः

हवाई इन्धनको मूल्य घटाउन मन्त्री ढकालको निर्देशन

काठमाडौँ । हवाई इन्धनको मूल्य घटाउनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पहलकदमी लिनुभएको छ । उहाँले बिहीबार सरोकारवाला निकायका पदाधिकारीसँग छलफल गर्दै हवाई इन्धनको मूल्य समायोजनका लागि निर्देशन दिनुभएको छ ।
मन्त्री ढकालले पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, उद्योग मन्त्रालयका सचिव दिनेश भट्टराई, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, नेपाल एयरलाइन्सका महाप्रबन्धक डिम प्रकाश पौडेल लगायतसँग छलफल गरेर हवाई इन्धनको मूल्य घटाउन निर्देशन दिनु भएको हो ।
हवाई इन्धनको मूल्य महँगो भएको निष्कर्ष मन्त्री ढकालको रहेको छ । इन्धनको मूल्य घटाउँदा माग बढ्ने भएकाले निगमको स्टोरेज क्षमता बढाउन आवश्यक जग्गा व्यवस्थापनका लागि सहयोग गर्न नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन पनि दिनु भएको छ ।
हवाई इन्धनको समयानुकूल समायोजन नहुँदा हवाई कम्पनीहरू मारमा परेका छन् । अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरूले प्रयोग गर्ने हवाई इन्धनको मूल्य घटाउन विभिन्न संस्थाहरूले माग पनि गर्दै आएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button