स्याङ्जा समाज युकेद्वारा ६ पालिकाहरूलाई अक्सिजन कन्सनट्रेटेर सहयोग

स्याङ्जा । स्याङ्जा समाज यु.के. परिवारले यहाँका विभिन्न ६ पालिकाहरूलाई अक्सिजन कन्सनट्रेटेर सहयोग हस्तान्तरण गरेको छ । यु.के. परिवारले पुतलीबजार नगरपालिकाको रोहवरमा ६ वटा कन्सनट्रेटर ६ पालिकाहरूलाई सहयोग गरेको हो । कन्सनट्रेटेर सहयोग ग्रहण गर्दै पुतलीबजार नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्रीले स्वास्थ्य सामाग्री सहयोगबाट यु.के. परिवारले धेरै ठुलो गुन लगाएको बताउनुभयो । नगरप्रमुख क्षेत्रीले अक्सिजन अभाव भएको खण्डमा कन्सनट्रेटर प्रयोग गर्न सकिने बताउनुभयो ।
यु.के. परिवारले स्याङ्जाका पुलतीबजार सहित वालिङ, गल्याङ नगरपालिका, फेदीखोला, विरुवा गाउँपालिका र आँधिखोला गाउँपालिकामा रहेको राजस्वाँरा पन्चमुल स्वास्थ्य केन्द्रलाई कन्सनट्रेटर उपलब्ध गराएको हो । सहयोग उपलब्ध गराउँदै स्याङ्जा समाज यु.के. परिवारका प्रतिनिधि मेजर लक्ष्मी प्रसाद गुरुङले आफ्नै ठाउँमा सहयोग गरौँ भन्ने उद्देश्यले स्वास्थ्य सामाग्री उपलब्ध गराएको बताउनुभयो ।
त्यसै गरी लाइन्स क्लब अफ ग्रीन सिटी काठमाडौँ र बतास फाउन्डेसनले पनि सयूक्त रुपमा पुतलीबजार नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । ग्रीन सिटी काठमाडौँ र बतास फाउन्डेसनले ४ बोरा चामल, पिपिई र ५ हजार ५० पिस माक्स उपलब्ध गराएका हुन् । सहयोग हस्तान्तरण गर्दै लाइन्स क्लब अफ ग्रीन सिटी काठमाडौँका सभिर्स चेयर पर्सन अशोक शर्माले एम्बुलेन्स पनि सहयोग गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । चेअर पर्सन शर्माले पुतलीबजार नगरपालिकामा बिरामीहरूको अवस्था बारे चासो व्यक्त गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्