बढी भाडा लिई सञ्चालन गरिएको तीन वटा बस नियन्त्रणमा

बारा । बारा प्रहरीले यात्रुसँग बढी भाडा लिई सञ्चालन गरिएको तीन वटा बसलाई नियन्त्रणमा लिएको छ ।
हिजो राती जिल्ला बारा प्रसौनी गाउँपालिका वडा नं.६ स्थित जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा यात्रुसँग बढी भाडा लिएको आरोपमा तीन वटा बसलाई नियन्त्रणमा लिएको हो ।
कोरोना भाइरसको संक्रमण नियन्त्रण एवं न्यूनीकरण गर्नको लागि जिल्ला प्रशासन कार्यालय बाराले जारी निषेधाज्ञा आदेश विपरीत हेटौडा, भरतपुर, काठमाडौँसम्म पुर्याइदिने सर्तमा बढी भाडा लिई बस सञ्चालनमा भएको थियो ।
पक्राउ पर्ने बसमा विभिन्न स्थानबाट यात्रु चढाई आएको ना ५ ख ३९४६, ना ६ ख ९०९७ र प्रदेश नं.२–०३००१ ख–०१५८ नम्बरको रात्रि सेवा बस रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
बसका यात्रीलाई निजहरूले तिरेको बस भाडा फिर्ता गराई बस तथा बसका चालकहरूमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्