राष्ट्रपति समक्ष राष्ट्रियसभा सदस्य उपनिर्वाचनको परिणाम पेश

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष निर्वाचन आयोगले यही जेठ १७ गते लुम्बिनी प्रदेशमा सम्पन्न अन्य समूहतर्फको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको परिणाम सहितको प्रतिवेदन आज पेश गरेको छ ।
प्रतिवेदनमा राष्ट्रियसभा सदस्य उपनिर्वाचन सन्दर्भमा भए गरेका कार्यहरु राजनीतिक दल दर्ता, निर्वाचनको तयारी, मतदाता नामावली र मतभार, निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना, निर्वाचन कार्यक्रम सञ्चालन, उम्मेदवारको मनोनयन दर्ता, जनशक्ति, मतदान केन्द्र र सामग्री व्यवस्थापन लगायतका विषय समावेश गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यसै गरी प्रतिवेदनमा मतदाता शिक्षा कार्यक्रम, मतपत्र व्यवस्थापन, सुरक्षा व्यवस्था र स्वास्थ्य सुरक्षा प्रबन्ध, निर्वाचन अनुगमन र अवलोकन, मतदान, मतगणना र परिणाम घोषणा लगायतका विषयहरू समावेश गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
सो उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार दृग नारायण पाण्डेय निर्वाचित हुनुभएको थियो ।









प्रतिक्रिया राख्नुहोस्