टीकापुर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
टीकापुर कैलाली । टीकापुर अस्पताललाई साढे ५ लाख बढीको स्वास्थ्य उपकरण प्रदान गरिएको छ ।
कोइकाको आर्थिक सहयोगमा आरसिआइ र सेवक नेपालद्वारा सञ्चालित सामुदायिक स्वास्थ्य र शिक्षामा सुदृढीकरणका लागि पहल परियोजनाले ५ थान अक्सिजन कन्सन्ट्रेटर र १५ थान पल्स अक्सिमिटर प्रदान गरेको हो ।
उक्त ५ लाख, ६१ हजार, २ सय ५० रुपैयाँ बराबरको उपकरण आज टीकापुर अस्पताललाई प्रदान गरिएको सेवक नेपाल धनगढीका परियोजना व्यवस्थापक भिमबहादुर साउदले जानकारी दिनुभयो ।
परियोजना व्यवस्थापक साउदले टीकापुर अस्पताललाई कोरोना रोकथाममा थोरै भए पनि सहयोग पुगोस् भनी उक्त उपकरण प्रदान गरिएको बताउनुभयो ।
स्वास्थ्य उपकरण बुझ्दै अस्पतालका प्रमुख डाक्टर रेम कुमार राईले यस्ता उपकरणहरूको सहयोगले कोरोना संक्रमतिलाई उपचार गर्न सजिलो हुने भन्दै दाताहरूलाई धन्यवाद दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्