तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु

सप्तरी । सप्तरीमा आज करेन्ट लागेर ५५ वर्षीया महिलाको मृत्यु भएको छ ।

जिल्लाको डाक्नेश्वरी नगरपालिका–३ तरहीका रामबृक्ष रायकी पत्नी ५५ वर्षीया इनरदेबी रायको करेन्ट लागेर आज (बिहीबार) मृत्यु भएको हो ।

खेतबालीको सुरक्षाका लागि आफैले बिछ्याइएको नाङ्गो तारमा करेन्ट लागेर घटनास्थलमै महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button