तपाईँ सुन्दै हुनुहुन्छः

बाख्रा चराउन गएका बालकको खाल्डोमा डुबेर मृत्यु

सर्लाही । सर्लाहीको कविलासी नगरपालिकामा बाख्रा चराउन गएका एक बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा कबिलासी वडा नं. ५ रनिया बस्ने मनोज कुमार मण्डलको छोरा अं. १० वर्षीय रजनिश कुमार मण्डल रहेको छ ।
बुधवार वडा नं. ७ स्थित रहेको लालबाबु रायको चिम्नी भट्टाको खाल्डोमा जमेको पानीमा बाख्रा चराउन गई नुहाउने क्रममा बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिनुभयो । बालकको शव पोस्टमार्टम गरी परिवारको जिम्मा लगाइएको प्रहरी प्रवक्ता कुँवरले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button