भेरीमा उपचारार्थ सङ्क्रमितलाई हेलिकप्टरबाट काठमाडौँ लगियो

बाँके । भेरी अस्पताल नेपालगन्जमा उपचारार्थ दाङका कोभिड संक्रमित पुरुषलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरका ७८ वर्षीय सन्तबहादुर श्रेष्ठलाई मनाङ एअरको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको हो । श्रेष्ठलाई एक साता अघि भाइरस संक्रमण भएको थियो । त्यसपछि उहाँ घोराहीकै मितेरी अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो ।
त्यहाँबाट श्रेष्ठलाई मङ्गलवार नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । श्रेष्ठका नातेदार समेत रहनु भएका स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठका अनुसार उनको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि उहाँलाई आज दिउँसो काठमाडौँ लगिएको हो ।
उहाँलाई काठमाडौँको ह्यम्स अस्पतालमा भर्ना गरिएको छ । रिर्जवअर मास्कको सहायतामा स्याचुरेसन प्रतिशत सन्तुलनमा राख्दै उहाँलाई काठमाडौँ लगिएको थियो । यसअघि बाँकेबाट ६ जनालाई हेलिकप्टर चार्टर गरेर थप उपचारका लागि काठमाडौँ पुर्याइ सकिएको छ ।








प्रतिक्रिया राख्नुहोस्