पाँचथरमा ६३ जना संक्रमित थपिए

पाँचथर । पाँचथर जिल्लामा बुधवार ६३ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ८०७ जान पुगेको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।
संक्रमित मध्ये हालसम्म ३०३ जना निको भएका छन् । पाँचथर जिल्लामा हालसम्म एन्टिजेनबाट २ हजार २ सय र पीसीआर बाट ५०९ जनासमेत कुल २ हजार ७ सय ९ जनाको परीक्षण गरिएको छ ।
जिल्लाको फिदिम नगरपालिकामा ४७७ जना, हिलिहाङमा १६५ जना , मिक्लाजुङमा ६३ जना, तुम्बेवामा ५१ जना कुम्मायकमा ४० जना याङवरकमा ३८ जना, फाल्गुनन्दमा २२ जना र फालेलुङमा ९ जना संक्रमित भएको जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्