सरकार चुरे क्षेत्रको संरक्षण र संवर्द्धन गर्न प्रतिबद्ध छ : अर्थ मन्त्रालय

काठमाडौँ । अर्थ मन्त्रालयले नेपाल सरकार चुरे क्षेत्रको संरक्षण र संवर्द्धन गर्न प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।
चुरे क्षेत्रको दोहन हुन नदिन र वातावरण संरक्षणमा नकारात्मक प्रभाव पर्न नदिन सरकार सचेत रहेको अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले जानकारी दिनुभयो ।
बजेट वक्तव्यमा खानी तथा भूगर्भ विभागले पहिचान गरेका र वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन बमोजिम चुरे÷भावर÷शिवालिक र नदी प्रणाली बाहेकका उपयुक्त क्षेत्रमा खानी उत्खनन गर्ने नीतिगत दृष्टिकोण प्रस्तुत गरिएको प्रवक्ता आचार्यले बताउनुभयो ।
चुरे क्षेत्रमा ढुङ्गा, गिट्टी, बालुवा लगायत निर्माण सामाग्रीको दोहन हुन नदिने बजेटमा प्रस्तुत नीतिको मूल मर्म रहेको मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा उल्लेखित वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिने, निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी बिन्दुसम्म रोप–वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुल छुट दिने व्यवस्था व्यवस्थाका सम्बन्धमा व्यक्त विचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्