तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्यकर्मीमाथि कुटपिट भएको भन्दै आन्दोलित

सुनसरी । मोरङको कोसी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट भएको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन् ।
कोरोना सङ्क्रमणको बेला सुरक्षाको जिम्मेवारीमा बसेका प्रहरीले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्दै लाठी प्रहार गरेको भन्दै स्वास्थ्यकर्मी तथा चिकित्सकहरू आन्दोलित भएका हुन् ।
बुधवार राति ९ बजे ड्युटी सकेर घर जाने क्रममा विराटनगरको देवकोटा चौकमा कोसी अस्पतालमा कार्यरत सिनियर पाँचौँ तहका अहेव अशोक राजवंशीलाई दुई जना प्रहरीले कुटपिट गरेको थिए ।
प्रहरीको कुटाइबाट स्वास्थ्यकर्मी चौधरीको घुँडामा गम्भीर चोटपटक लागेको छ ।
नेपाल चिकित्सक सङ्घ कोसीको अगुवाइमा बुधवार अस्पताल परिसरमा संघका कोसी अध्यक्ष डा.फरवार्ड सिलवालले ज्यान बचाउन खटिने स्वास्थ्यकर्मीमाथि सुरक्षा दिन बसेका प्रहरीले जथाभाबी कुटपिट गर्नु गम्भीर विषय भएको र स्वास्थ्यकर्मीको मनोबल खस्किएको बताउनुभयो ।
सिलवालका अनुसार कुन अवस्थामा आइरहेको व्यक्ति हो भनेर सामान्य सोधपुछ र पहिचान लिनुपर्दथ्यो, त्यसरी अन्धाधुन्ध लाठी बर्साएर तर्साएपछि निर्बाध रुपमा काम गर्न सक्ने अवस्था नरहेको बताउनुभयो ।
चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा समेत ध्यानाकर्षण गराउने बताएका छन् ।
उनीहरूले लाठी हान्ने प्रहरीलाई तत्काल कारबाहीको प्रक्रिया बढाउनु पर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई काम गर्न निर्बाध रुपमा आवतजावत गर्न दिनुपर्ने माग समेत अघि सारेका छन् ।
मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाहीको दायरमा ल्याउने बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button