तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा साढे १३ हजारभन्दा बढीले कोरोना जिते 

टीकापुर कैलाली । कैलालीमा हालसम्म साढे १३ हजार बढीले कोरोना जितेका छन् ।
अहिलेसम्म कैलालीमा १७ हजार, २ सय ६३ जना संक्रमित रहेकोमा १३ हजार, ६ सय १५ जनाले कोरोना जितेका हुन् ।
स्वास्थ्य कार्यालय कैलालीको तथ्याङ्क अनुसार कैलालीमा कोरोना संक्रमित निको हुने दर ७८।८६ प्रतिशत रहेको छ ।
कैलालीमा अहिले ३ हजार, ५ सय ६ जना सक्रिय संक्रमित रहेका छन् भने २ सय २२ जनाको मृत्यु भइसकेको छ ।
कैलालीमा मृत्यु हुने दर १।२८ प्रतिशत रहेको छ भने २० प्रतिशत अझै सक्रिय संक्रमित रहेका छन् । कैलालीमा अहिलेसम्म एन्टीजेन र पिसीआर विधिबाट ५८ हजार, ६ सय ९१ जनाको कोरोना परिक्षण भएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशको भन्दा कैलालीको कोरोना निको हुने दर बढिरहेको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार सुदुरपश्मिमा कोरोना निको हुने दर ७७।४९ प्रतिशत रहेको छ ।
सुदूरपश्चिम प्रदेशमा जम्मा ४० हजार ४५ संक्रमित मध्ये ३१ हजार ३४ जनाले कोरोना जितेका छन् भने ५ सय ६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button