तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशको आठौँ अधिवेशन आजबाट सुरु

फाइल तस्बिर
रुपन्देही । लुम्बिनी प्रदेशको आठौँ अधिवेशन तथा बजेट अधिवेशन आजबाट सुरु भएको छ ।
प्रदेशसभा भवनमा जारी बैठकमा विभिन्न दलका तर्फबाट सांसदहरुले आफ्ना धारणा राखेका छन् ।
त्यसअघि सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो ।
उहाँले मन्त्रिपरिषद् पुनः गठन, पारित भएका विद्येयक, दुई प्रदेश सदस्यले पदबाट दिएको राजीनामा दिएको बारे पनि जानकारी गराउनुभएको थियो ।
आजको बैठकमा नेपाली काँग्रेसका तर्फबाट फखरुद्दिन खान, वीर बहादुर राना, माओवादी केन्द्रको तर्फबाट सुदर्शन बराल इन्द्रजीत थारु, जसपाका सहश्रराम यादव, सत्तारुढ एमालेका तर्फबाट लिला गिरीले धारणा राख्नुभएको थियो ।
सभामा विपक्षी दलहरूले सरकारको आलोचना गरेका थिए भने सत्तारुढ एमालेको तर्फबाट बोल्ने सांसद लिला गिरीले सरकारले संविधान बमोजिम आफ्नो काम अगाडि बढाएको बताउनुभयो ।
बर्षे अधिवेशनमा नीति कार्यक्रम र बजेट पेस हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button