तपाईँ सुन्दै हुनुहुन्छः

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ   । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ  ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ :०० बजे स्थायी कमिटी बैठक बस्न लागेको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो  ।
कार्यालय सचिव शेरबहादुरका अनुसार पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बस्न लागेको हो।
मङ्गलवार बसेको स्थायी कमिटी बैठकले पार्टी एकता जोगाउनका लागि नेतृत्व तहले लचकता अपनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button