लायन्स क्वलहरुद्वारा कोरोना सङ्क्रमितलाई खाद्यान्न सहयोग

सुर्खेत । लायन्स क्लब अफ गढीले कोरोना संक्रमित भएर प्रदेश आयुर्वेद औषधालय सुर्खेतको आइसोलेसनमा उपचाररत बिरामीका लागि खाद्यान्न सहयोग गरेको छ ।
कर्णालीमा कोरोना भाइरस आइसोलेसनमा उपचाररत बिरामीलाई सहयोग पुर्याउने उद्देश्यले लायन्स क्लबले निषेधाज्ञाका बेला करिब ७२ हजार मूल्य बराबरको खाद्यान्न सहयोग गरेको हो ।
सामाजिक उत्तरदायित्वअन्तर्गत कोभिड–१९ का बिरामीलाई उपचार गर्दै आएको प्रदेश आयुर्वेद औषधालयमार्फत कोरोना सङ्क्रमितको भोजनका लागि लायन्स क्लबले खाद्यान्न सहयोग गरेका हुन् ।
क्लब गढीका अध्यक्ष लक्ष्मण कँडेलले अमेरिकाको कनेक्टिक राज्य नेपाली वेस्टर्ट हार्डफोर्ड लुम्बिनी लायन्स क्लब र हार्डफोर्ड काउन्ट्री एभरेस्ट कन्टेनियल लायन्स क्लब अध्यक्ष माधव आत्रेय, नरेन्द्र पन्त, चार्टर प्रेसिडेन्ट कृष्ण कँडेलको सहयोगमा खाद्यान्न सहयोग गरिएको बताउनुभयो ।

प्रदेश औषधालयसँगै प्रदेश अस्पतालमा शुद्ध खानेपानी अभावलाई दृष्टिगत गरी १५÷१५ कार्टुन पानी सहयोग गरिएको उहाँको भनाइ छ ।
आइसोलेसनमा उपचाररत बिरामीका लागि चार क्विन्टल चामल, ५० केजी दाल, ५० केजी चना, तीन कार्टुन खाने तेल, एक सय केजी आलु र २५ किलो हरियो सिमी सहयोग गरिएको हो ।
कार्यक्रममा प्रदेश आयुर्वेद औषधालय व्यवस्थापन समितिका पदाधिकारीलाई लायन्स क्लब गढीका अध्यक्ष कँडेल, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत एवं समाजसेवी टीकाराम चपाईलगायतले सहयोग हस्तान्तरण गरेका हुन् ।








प्रतिक्रिया राख्नुहोस्