तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोरोना सङ्क्रमणका कारण थप तीन जनाको मृत्यु

बाँके । बाँकेका अस्पतालमा कोरोना भाइरस सङ्क्रमणका कारण थप तीन जना बिरामीको मृत्यु भएको छ ।
सङ्क्रमित बिरामीहरूको उपचार भइरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा १ जना, युनाइटेड अस्पतालमा एक जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एक जना गरी थप तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरूमा चौकुने गाउँपालिका ४ सुर्खेतका ७० वर्षीय पुरुष, नेपालगन्ज उपमहानगरपालिका ८ का ६७ वर्षीय पुरुष र खप्तडचना ४ बझाङका ६५ वर्षीय पुरुष रहेको जिल्लाका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो ।
योसँगै कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका २९४ जना र जिल्लाकै २९६ जनाले हालसम्म ज्यान गुमाइसकेका छन् ।
सङ्क्रमण तीव्र रूपमा फैलँदा अस्तव्यस्त बनेको बाँकेमा अहिले कोभिड सङ्क्रमण दरसँगै मृत्यु दरमा समेत कमी आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button