बाँकेका २५ जनामा कोरोना पुष्टि, ९४ सङ्क्रमणमुक्त
बाँके । बाँकेका दुई वटा प्रयोगशालामा मङ्गलवार थप ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लामा केही दिनदेखि निरन्तर संक्रमण दर घटिरहेको छ ।
कुल ३१० नमुना परीक्षण गर्दा ९३ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ ।
भेरी अस्पतालको पीसीआर प्रयोगशालामा २१० नमुना परीक्षण गर्दा ६६ जना र बागेश्वरी ल्याबमा १०० नमुना परीक्षण गर्दा २७ जना गरी कुल ९३ जनामा संक्रमण पुष्टि भएको हो । मेडिकल कलेज कोहलपुरको ल्याबले आज रिपोट दिएको छैन ।
संक्रमण पुष्टि हुनेहरू मध्ये २५ जना बाँकेका छन् । १२ जना महिला र १३ जना पुरुष गरी जिल्लाका थप २५ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म बाँकेमा ७९ हजार १ जनाको पीसीआर परीक्षण भएको छ ।
आज जिल्लाका ९४ जना डिस्चार्ज भएका छन् । ३३ जना महिला र ६१ जना पुरुष कोभिड सङ्क्रमणबाट निको भएको समितिले जनाएको छ ।
कोरोना भाइरस सङ्क्रमणका कारण २४ घण्टामा जिल्ला बाहिरबाट आएका ५ र जिल्लाका २ गरी ७ जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्