स्वास्थ्यकर्मीमाथि आक्रमणः छानबिन समितिले बुझायो प्रतिवेदन
नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमण घटनाको वास्तविकता बुझ्न गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टको संयोजकत्वमा गठित सात सदस्यीय समितिले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गतेलाललाई प्रतिवेदन बुझाएको हो ।
संयोजक विष्टले कोरोना महामारीका कारण भेरी अस्पतालमा भएको जनशक्ति अभाव, घटना भएको दिन उत्पन्न परिस्थिति, जनशक्ति अभावलगायत समस्या र त्यसको दीर्घकालीन समाधानका लागि प्रतिवेदनमा सुझाव दिइएको बताउनुभयो ।
घटना लगत्तै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन भएको थियो ।
प्रजिअ गेलालले प्रतिवेदन प्राप्त भएको र त्यसको अध्ययन गरेर आवश्यक कदम चाल्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्