आइसिसीको नयाँ बरियताः सिता रानामगर यथावत् स्थानमा
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले जारी गरेको महिलाको नयाँ वरियतामा नेपाली खेलाडी सिता रानामगर ९० औँ स्थानमा यथावत् रहेकी छिन ।
आइसिसीले जारी गरेको नयाँ वरियतामा सिता अघिल्लो वरियतामा नै यथावत् रहेकी हुन । महिलाको विश्व वरियतामा नेपालबाट पर्ने सिता एक्लो खेलाडी हुन । बायाँ हाते ब्याट्सम्यान सिताले दक्षिण एसियाली खेलकुद खेलपछि अन्तर्राष्ट्रिय क्रिकेट नखेले पनि उनी वरियतामा पर्न सफल भएकी छिन ।
महिलाको वरियताको ब्याटिङमा भारतीय खेलाडी सेफाली बर्मा शीर्ष स्थानमा छिन । दोस्रो स्थानमा अस्ट्रेलियाकी बेथ मोनी छिन भने सोही देशकी मेग लानीङ तेस्रो र भारतीय स्मृति मन्धाना चौथो स्थानमा छिन । टी २० को वरियतामा नेपाल १४ औँ स्थानमा यथावत् रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्