चट्याङ लाग्दा एक बालकको ज्यान गयो, एक घाइते

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकामा चट्याङ लाग्दा एक बालकको मृत्यु भएको छ भने अर्को एक बालिका घाइते भएकी छन् ।
दिउसो परेको चट्याङ लाग्दाब बडिगाड गाउँपालिका वडा नं. ५ सिमाकका नन्दलाल पेमीका छोरा १२ वर्षीय सुवास पेमीको मृत्यु भएको हो । त्यस्तै वडा नं. ४ जलजला भुल्ने टोलका प्रेम राकस्कोटीका ११ वर्षीय छोरी सृष्टि राकस्कोटी घाइते भएकी छन् भने सोही ठाउँ बस्ने रुपचन बुढाथोकीका दुई वटा घरमा क्षति पुगेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिनुभएको छ ।
चट्याङले प्राय सबै घरहरूमा रहेको विद्युतीय सामाग्री जलेका छन् । चाचलघाट लघु जलविद्युत परियोजनाको विद्युत् अधिकांश स्थानमा अवरुद्ध भएको छ ।








प्रतिक्रिया राख्नुहोस्