कर्पोरेट आमन्त्रण ब्याडमिन्टन प्रतियोगिता स्थगित
काठमाडौँ । काठमाडौँ टिम च्याम्पियनसिप कर्पोरेट आमन्त्रण ब्याडमिन्टन प्रतियोगिता स्थगित भएको छ ।
आयोजक काठमाडौँ ब्याडमिन्टन एकेडेमीले सोमबार कोरोना भाइरसको महामारीको कारण प्रतियोगिता स्थगित गरिएको जनाएको छ । आयोजक एकेडेमीले परिस्थिति सहज भएपछि प्रतियोगिता आयोजना गरिने समेत जनाएको छ ।
प्रतियोगिता जेठ २० देखि २२ सम्म त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा आयोजना हुने तालिका रहेको थियो । आमन्त्रण प्रतियोगितामा १६ टिमको सहभागिता रहने आयोजकले जनाएको थियो ।
विजेताले ५० हजार, उपविजेताले ३५ हजार र सेमिफाइनल खेल्नेले ३०÷३० हजार पाउने छन् ।
प्रतिक्रिया राख्नुहोस्