पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु

सुनसरी । मोरङको सुनवर्षी नगरपालिका वडा नं.४ स्थित जागीटोलमा पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
सुनवर्षी नगरपालिका वडा नं.४ बस्ने ब बहादुर ताजपुरीयाको ८ बर्षीया छोरी सन्तोषी ताजपुरियाको घर पछाडिको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो ।
शनिबार बेलुका बालिका पानीको खाल्डोमा डुबेको निजकै आमालेदेखि तत्काल पानीबाट निकालेर घरमा ल्याउने क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीले प्रहरी टोली खटाई छानबिन गरिरहेको बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्