लागु औषध चरेससहित तीन जना पक्राउ

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाको गस्ती टोलीले चरेससहित तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाको गस्ती टोलीले बाँके खजुरा गाउँपालिका वडा नं.६ सिमलघारी बस्ने बर्ष २६ को कमल विश्वकर्मा, सोही ठाउँ बस्ने बर्ष ३२ को कालीबहादुर चदारा र बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ८ शितलाबजार बस्ने बर्ष ४८ को बल बहादुर कामीलाई लागू औषध चरेससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
उनीहरूबाट जम्मा ६९४ ग्राम पुरिया बरामद गरिएको हो ।

शङ्कास्पद तरिकाले उभिएर कुरा गरिरहेको अवस्थामा फेला पारी खानतलासी गर्दा उनीहरूको साथमा रहेको कालो रङ्गको झोलाभित्र कालो प्लास्टिकमा लुकाई छिपाई राखेको लागु औषध चरेस ६९४ ग्राम फेला पारी फेला परेको प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले बताउनुभएको छ ।
इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट प्रहरी निरीक्षक धर्मराज जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला बर्दिया बढैयाताल गाउँपालिका वडा नं.३ भोलागौडी मान्झुण्डी सामुदायिक बन नजिक उनीहरूलाई पक्राउ गरेको उपरीक्षक हेम बहादुर शाहीले बताउनुभयो ।
भारतसँग खुल्ला सीमा नाकाका कारण लाग औषध ओसारपसारको घटना बढ्न थालेपछि सीमावर्ती क्षेत्रमा प्रहरीले सक्रियता बढाएको छ ।








प्रतिक्रिया राख्नुहोस्