गैँडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु
चितवन । चितवनमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कालिका नगरपालिका वडा नम्बर १ की तेज कुमारी सुनुवार रहेकी छिन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज दिउसो १२ः३५ बजेको समयमा सोही वडाको चतुर्मुखी सामुदायिक वनमा जङ्गलमा घाँस तथा न्युरो खोज्न गएको अवस्थामा उनलाई गैँडाले आक्रमण गरेको थियो ।
आक्रमणबाट गम्भीर घाइते उनको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्