सुदूरपश्चिम प्रदेशमा मन्त्रीपरिषद् विस्तार

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री भट्टले ११ सदस्यीय मन्त्रिमण्डल विस्तार गर्नुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाह, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनीता चौधरी, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीलाई नियुक्त गरिएको छ ।
यसै गरी सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री मानबहादुर सुनार, आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा अर्चना गहतराजलाई नियुक्त गरिएको छ ।
यसैबिच सुदूरपश्चिम प्रदेश प्रमुख गङ्गाप्रसाद यादवले आजै एक समारोहका बिच नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्