बागलुङमा थप ३ जना सङ्क्रमितको ज्यान गयो

बागलुङ । शुक्रवार बागलुङमा तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
संक्रमित मध्ये जिल्लाको तमानखोला गाउँपालिका–५ निवासी ६७ वर्षीया महिला र बरेङ गाउँपालिका–१ निवासी ६५ वर्षका पुरुषको धौलागिरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै ढोरपाटन नगरपालिकाको कोरोना अस्पतालमा ढोरपाटन नगरपालिका–५ निवासी ६५ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले जानकारी दिनुभयो । यो सँगै बागलुङमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्