चार जना युरोपेली मुलुकका विदेश मन्त्रीले चीनको भ्रमण गर्ने
बेइजिङ । पोल्यान्ड, सर्बिया, आयरल्यान्ड र हङ्गेरीका विदेश मन्त्रीहरुले चीनको भ्रमण गर्न लाग्नु भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।
विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानका अनुसार यही मे २९ देखि ३१ तारिखका बीचमा चार देशका मन्त्रीहरुले चीनको भ्रमण गर्न लाग्नु भएको हो ।
पोल्यान्डका विदेश मन्त्री जिग्निउ राउ, सर्बियाका विदेश मन्त्री निकोला सेलाकोभिच, आयरल्यान्डका विदेश तथा रक्षा मन्त्री सिमोन कोभेनी तथा हङ्गेरीका विदेश तथा व्यापार मन्त्री पिटर जिगार्टो चीनको भ्रमणमा आउन लाग्नु भएको मन्त्रालयको भनाई छ ।
चीनका स्टेट काउन्सिलर तथा विदेश मन्त्री वाङ यी को निमन्त्रणमा उहाँहरू चीन भ्रमण गर्न लाग्नु भएको पनि प्रवक्ता लिजियानले बताउनुभयो । रासस–सिन्ह्वा








प्रतिक्रिया राख्नुहोस्