राष्ट्रियसभा सदस्य देवकोटाद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष राष्ट्रियसभाका नवनिर्वाचित सदस्य डा.खिमलाल देवकोटाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।
सङ्घीय संसद् सचिवालयमा आज आयोजित एक कार्यक्रमका बीच राष्ट्रियसभाका नवनिर्वाचित सदस्य डा.देवकोटाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।

कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले उहाँलाई सङ्घीय सांसद्को प्रतीक चिह्नसमेत प्रदान गर्नुभयो ।
समारोहमा राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहाल र संसद् सचिवालयका महासचिव डा भरत गौतमलगायतले उहाँको स्वागत गर्दै कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो ।

वाग्मती प्रदेशमा यही जेठ ६ गते सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा उहाँ निर्वाचित हुनुभएको थियो ।
तत्कालीन गृहमन्त्री एवं नेकपा (एमाले)का उम्मेदवार रामबहादुर थापालाई पराजित गर्दै पाँच हजार ८८ मतभार प्राप्त गरी सङ्घीयताविद् डा देवकोटा राष्ट्रियसभा सदस्यमा विजयी हुनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्