पाल्पामा जबर्जस्ती करणी आरोपमा बावु पक्राउ

पाल्पा। पाल्पामा आफनै छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा बावु पक्राउ परेका छन् । बगनासकाली गाउँपालिकाका ३१ वर्षीय पुरुषले आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
८ वर्षकी छोरीलाई जबर्जस्ती गरेको उजुरीका आधारमा बिहीबार ती पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
जबर्जस्ती करणीको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्