जिल्ला अदालत काठमाडौँले निषेधाज्ञामा यी सेवाहरू प्रवाह गर्ने

काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा तीव्र गतिमा फैलिरहेको नयाँ भेरियन्टको कोरोना भाईरस (कोभिड-१९) को संक्रमणको कारण जिल्ला अदालतले प्रवाह गर्ने सेवाहरु घटाएको छ ।
स्थानीय प्रशासनबाट निषेधाज्ञाको अवधि २०७८/०२/२० गतेसम्म थप भएको हुँदा २०७८/०२/२० गतेसम्म निम्न बमोजिमका कामकारवाही र सेवाहरु मात्र प्रवाह गर्ने जानकारी दिएको छ ।
२०७८/०२/१३ गते जिल्ला अदालतको पूर्ण बैठकबाट निम्नलिखित सेवाहरु मात्र प्रवाह गर्ने निर्णय गरेको छ ।
१. म्याद थप, पक्राउ पुर्जी, कल डिटेल अनुमति र जरुरी पक्राउ पुर्जीको समर्थन सम्बन्धी कार्य,
२. अभियोगपत्र दर्ता गर्ने, अभियोगपत्रसाथ पेश भएका अभियुक्तको बयान लिने, थुनछेक आदेश गर्ने,
३. बन्दीप्रत्यक्षीकरण सम्बन्धी निवेदन,
४. प्रहरीद्वारा पक्राउ परि आएका फरार प्रतिवादीको बयान तथा थुनछेक सम्बन्धी कार्य,
५. घरेलु हिंसा सम्बन्धी फिरादपत्र दर्ता र सुनुवाई,
६. बालसुधार गृहमा रहेका बालबालिका जिम्मा लिने विषयसंग सम्बन्धित निवेदन,
७. निषेधाज्ञा जारी हुनुपूर्व (२०७८/०१/१६ भन्दा अगाडि) कसूर ठहर भई सजाय निर्धारण हुन बाँकी रहेका मुद्दाहरुलाई पेशी चढाई सुनुवाई गर्ने,
८. काम कारवाही तथा सेवा प्रवाह स्थागन भएका अवधिमा मुद्दा, रिट तथा निवेदनहरुमा रहेका हदम्याद, म्याद र तारेख नगुज्रने









प्रतिक्रिया राख्नुहोस्