बिपी प्रतिष्ठानको अक्सिजन प्लान्ट पुर्णरुपमा सञ्चालनमा
सुनसरी । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बिग्रिएको अक्सिजन प्लान्ट मङ्गलवार मर्मत कार्य पुरा भएर पूर्ण क्षमतामा सञ्चालनमा आइसकेको प्रतिष्ठानले जनाएको छ ।
सञ्चालनमा रहेको अक्सिजन प्लान्ट बिग्रिए पछि मर्मत भएको मर्मत कार्य पुरा भई पूर्ण क्षमतामा सञ्चालन भएको प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशङ्कर शाहले आज एक सूचना जारी गरी जानकारी दिएका छन् ।
बिपी प्रतिष्ठानको प्लान्टबाट प्रतिमिनेट १६ सय लिटर अक्सिजन उत्पादन हुने गर्छ ।
अक्सिजन अभावले कोभिडका बिरामीहरूलाई समस्या भएको भन्दै प्रतिष्ठानका पदाधिकारीहरूको चर्को आलोचना हुँदै आएको थियो ।
महामारीको यस अप्ठ्यारो परिस्थितिमा प्राविधिक कठिनाइका कारण सर्वसाधारणमा पर्न गएको असुविधा प्रति बिपी प्रतिष्ठानले दुःख व्यक्त गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्