पाल्पामा थप ९३ जना सङ्क्रमित थपिदा, १ सय २७ जना डिस्चार्ज
पाल्पा । पाल्पामा बुधवार थप ९३ जना कोरोना सङ्क्रमित थपिएका छन् । भने थप १ सय २७ जना निको भएका छन् ।
संक्रमित हुनेहरूमा ३८ जना पुरुष र ५५ जना महिला रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
विभिन्न प्रयोगशालामा गरिएको पिसिआर र एन्टिजेन परीक्षणमा आएको नतिजासँगै पाल्पामा थप ९३ जना कोरोना सङ्क्रमित भएका हुन । जिल्लामा हाल १ हजार ३ सय ९७ जना सक्रिय संक्रमित रहेका छन् ।
जिल्लामा कोरोना सङ्क्रमणकै कारण मृत्यु हुनेको सङ्ख्या ८१ पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्