विश्व शान्ति जैविक विविधता उद्यानमा अब वन्यजन्तु हेर्न पनि पाइने
डिभिजन वन कार्यालय कास्कीले १८ लाख रुपैयाँको लागतमा रानीवनमा निर्माण सम्पन्न गरेको सो वन्यजन्तु उद्धार केन्द्र हालै सञ्चालनमा ल्याएको हो ।
पर्यटकीय नगरी पोखराको विश्वशान्ति जैविक विविधता उद्यान रानीवनस्थित वन्यजन्तु उद्धार केन्द्रमा रतुवा मृग हेर्न पाइने भएको छ ।
फेवाताल किनारास्थित फेवा सव डिभिजन वन कार्यालयको हातामा निर्माण गरिएको उद्धार केन्द्रमा गण्डकी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री विकास लम्सालले आज एक जोडी रतुवा मृग छोड्नुभयो ।
उद्धार केन्द्रलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न बजेटको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले यसका लागि सम्वद्ध निकायले पनि उत्तिकै चासो दिनुपर्नेमा जोड दिनुभयो ।









प्रतिक्रिया राख्नुहोस्