अछाममा थप १० दिन निषेधाज्ञा थप
जिल्ला प्रशासन कार्यालय अछाममा बसेको जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले आगामी जेठ २२ गते मध्य राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
छिमेकी देश भारतमा र देशमै पनि संक्रमण तीव्र रूपले बढिरहेका, अछाममा अछामीबासीहरु भारतबाट घर फर्किने क्रम जारी रहेकाले संक्रमण रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी मल्लले औषधि, स्वास्थ्य सामग्री बाहेक अन्य खाद्यान्न पसल, व्यवसाय पूर्ण रूपमा बन्द गर्ने र स्थानीय तह र स्थानीय उद्योग वाणिज्य सङ्घको समन्वयमा सेवा उपलब्ध गराउन सकिने बैठकले निर्णय गरेको हो ।
बैठकले औषधि खरिद तथा उपचारका लागि बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कने, अत्यावश्यक सेवा सञ्चालन बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बिमा लगायतका कार्यालयहरू स्थगन गर्ने निर्णय गरेको छ ।









प्रतिक्रिया राख्नुहोस्