षडानन्द नगरपालिकामा अस्थायी कोभिड अस्पताल निर्माण
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरिएन्टको संक्रमित दैनिक बढेपछि नगरपालिका क्षेत्रका लागि अस्थायी कोभिड अस्पताल निर्माण भएको हो ।
षडानन्द नगरपालिकाले दिङलामा रहेको अस्पतालमा अक्सिजन सहित १४ बेडको आइसोलेसनयुक्त अस्थायी कोभिड अस्पताल निर्माण गरेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।
नगरपालिकामा मात्र सोमबारसम्म सङ्क्रमितको सङ्ख्या ५५ जना पुगेको छ । जटिल परिस्थितिका बिरामीहरूलाई अक्सिजनको कमी हुन नदिन २४ घण्टा सेवा दिने गरी दुई थान अक्सिजन कन्सनट्रेटर समेत राखिएको श्रेष्ठले बताउनु भयो । अस्पताल निर्माणमा नेपाली सेना र नेपाल प्रहरीले समेत सहयोग गरेको छ ।
जिल्लामा सोमवार मात्र ३६ जना नयाँ संक्रमित थपिएका छन् भने सङ्क्रमितको सङ्ख्या १ सय ८९ पुगेको छ ।









प्रतिक्रिया राख्नुहोस्