पाल्पामा १ सय ३३ जना कोरोना सङ्क्रमणमुक्त, ९५ सङ्क्रमित थपिए, दुईको मृत्यु
पाल्पा । पाल्पामा आइतबार थप ९५ जना कोरोना सङ्क्रमित थपिएका छन । त्यस्तै १ सय ३३ जना निको भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
जिल्लामा थप दुई जना कोरोना संङ्क्रमितका मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
योसँगै पाल्पामा कोरोना संङ्मणका कारण मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ ।
जिल्लामा हाल १ हजार ४ सय २० जना सक्रिय संक्रमित रहेका छन ।








प्रतिक्रिया राख्नुहोस्