पाल्पामा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु
पाल्पा । पाल्पामा आज थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
तानसेन–६, का ७२ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रवार बिहान मृत्यु भएको हो ।
ती पुरुषको तानसेनस्थित मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
यस्तै माथागढी–२, रुप्सेका ६२ वर्षीय पुरुषको समेत कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो ।
उहाँका अनुसार कोरोना संक्रमण भई लुम्बिनी मेडिकल कलेजमा उपचाररत पुरुषको समेत आज बिहान मृत्यु भएको हो ।
योसँगै पाल्पामा मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्