फेसबुक ह्याक गरी रकम असुल गर्न खोज्ने २ पक्राउ

रोल्पा । सामाजिक सञ्जाल फेसबुक ह्याक गरी विभिन्न व्यक्ति तथा आफन्तहरूलाई छलछाममा गरी ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
विभिन्न समस्याहरू देखाउँदै सापटीको रुपमा भनी मोबाइल बैङ्किङ मार्फत क्युआर कोड र बैङ्क अकाउन्टमा नगद रकम जम्मा गर्न लगाई ठगी गरेको आरोपमा प्रदेश नं. १ को सुनसरी जिल्लाबाट दुई जनालाई पक्राउ गरी बुधवार रोल्पा ल्याइएको छ । उनीहरूलाई अहिले जिल्ला प्रहरी कार्यालय रोल्पाको हिरासतमा राखिएको छ
पक्राउ पर्नेमा दुवही नगरपालिका वडा नं. ५, सुनसरीका २० वर्षीय रितिककुमार कलवार र इटहरी उपमहानगरपालिका वडा नं. १२ खनारका २४ वर्षीय सुरेन्द्र चौधरी रहेका छन् उनीहरूले केही दिन अघि पत्रकार महासङ्घ रोल्पाका पूर्व अध्यक्ष खेम बहादुर बुढाको फेसबुक ह्याक गरी विभिन्न व्यक्तिसँग रकम माग गरेको आरोप लागेको छ ।
रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार उनीहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानको कार्य शुरु गरिएको छ आरोपितहरूले गत साता पत्रकार खेम बुढाको म्यासेन्जर ह्याक गरी विभिन्न व्यक्तिबाट रकम जम्मा गर्न लगाएको उजुरी परेपछि प्रहरीले गहिरो अनुसन्धान सुरु गरेको थियो








प्रतिक्रिया राख्नुहोस्